झापा । अप्राकृतिक मैथुन गरेको अभियोगमा युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
नौ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार पक्रउ पर्नेमा झापा गाउँपालिका-१ लसुनगंज बस्ने २० वर्षीय पंकज यादव रहेका छन् ।
यादवले ती बालकलाई अप्राकृतिक मैथुन गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया