जुम्ला । जबरजस्ती करणी गरेको अभियोगमा युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार युवकलाइ प्रहरीले पक्राउ गरेको हो ।
पक्रउ पर्नेमा तिला गाउँपालिका–३ बस्ने २१ वर्षीय लक्की बुढा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।
लक्की र सोही गाउँपालिका खलंगा बजार बस्ने मुकेश महतले जेठ ११ गते किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर शुक्रबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी कुडारीबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये लक्कीलाई पक्राउ गरेको जनाएको छ ।
घटनामा संलग्न हाल फरार मुकेशको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया