सुनसरी । प्रहरीले अवैध लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
कोशी गाउँपालिका–८ भाण्टाबारी पानी ट्याङ्कीस्थित सडकबाट आज बिहान अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार पक्रउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षीय गणेश यादब रहेको छ । यादबको साथबाट १ सय ६५ किलो अवैध लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
भारततर्फ निकासी गर्ने उद्देश्यले सीमातर्फ लैजान तयारी बनाई सडकमा निकालेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया