काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप अभियान यसै महिनाको १४ गतेदेखि सुरु गरिने बताएका छन्।

प्रधानमन्त्री ओली नेपाल सशस्त्र प्रहरीको २०औं स्थापना दिवसमा सम्बोधन गर्दै भारत सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप अभियान यसै महिनाको १४ गतेदेखि सुरु गरिने बताएका हुन्।

Your Ad Code Here

उनले पहिलो चरणमा कोरोना भाइरस नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी, सुरक्षाकर्मीहरुलाई खोप लगाउने बताएका छन ।

साथै उनले करिब ४ लाख ५० हजार फ्रन्टलाइनरहरुलाई पहिलो चरणमा खोप लगाउने र अर्को चरणको खोप ल्याउने प्रयासमा पनि लागिरहेको बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग