काठमाडौं । भारत सरकारले नेपाललाई कोरोना भाइरस विरुद्धको भ्याक्सिन दिने भएको छ।
आज स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा भारत सरकारले नेपाललाई कोरोना विरुद्धको भ्याक्सिन दिने भएको जानकारी दिएका हुन् ।
भारतले १० लाख डोज कोरोना विरुद्धको भ्याक्सिन दिने भएको मन्त्री त्रिपाठीले बताएका छन् । साथै उनले ‘खोप भोली काठमाडौं आइपुग्ने छ’ । भनेका छन् ।
भारतले यो खोप अनुदानमा उपलब्ध गराएको पनी उनले बताए। पहिलो चरणको खोप नेपालको जनसंख्याको ३ प्रतिशतलाई लगाइनेछ। जसमा सरसफाइकर्मी, स्वास्थ्यकर्मी,एम्बुलेन्स चालक,सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिएकाहरुलाई लगाइने बताए।
तपाईको प्रतिक्रिया