सप्तरी । कोरोनाभाइरस महामारी फैलिएको भए पनि यसपालि अघिल्लो वर्षको तुलनामा झन्डै ११ प्रतिशतले विप्रेषण वृद्धि भएको तथ्याङ्कले देखाएको छ।

यसबाट वैदेशिक रोजगारीको क्षेत्र तत्काल कोभिड-१९ को ठूलो जोखिममा नरहेको सङ्केत देखिएको अधिकारी तथा विज्ञहरूको धारणा छ। नेपाल राष्ट्र ब्याङ्कले आर्थिक वर्ष २०७७र७८ को पहिलो पाँच महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशतले विप्रेषण आप्रवाह वृद्धि भएको प्रतिवेदन बुधवार सार्वजिनक गरेको थियो।

Your Ad Code Here

उक्त प्रतिवेदनका अनुसार पाँच महिनामा नेपालमा प्राप्त रेमिट्यान्स ४१६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। कोरोनाभाइरसको महामारी देखा परेयता झन्डै एक लाख ९७ हजार नेपाली कामदार विभिन्न देशबाट फर्किएको वा उनीहरूको उद्धार गरिएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

रेमिट्यान्स बढ्नुको कारण के हो ?

नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्ट कोभिड-१९ को महामारीसँगै लगाइएको लकडाउन सहितका सन्दर्भलाई जोडेर रेमिट्यान्स अर्थात् विप्रेषण वृद्धिलाई हेनेए बताएका छन्।

उनले भने, “कोभिड (१९ को महामारीपछि सीमामार्फत् हुने आवतजावतलाई व्यवस्थित बनाउने काम भयो र उडानहरू पनि भएनन्।ू ूत्यसले गर्दा अनौपचारिक किसिमका व्यापार र कारोबार निरुत्साहित भएको देखिन्छ। विगतमा अनौपचारिक व्यापारमा रेमिट्यान्स प्रयोग भएको कुरा आउँने थियो। त्यो अहिले औपचारिक प्रणालीबाट आएको र त्यसले रेमिट्यान्सलाई बढाउन भूमिका खेलेको देखिएको छ।” बीबीसी

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग