काठमाडौं । देशमा थप ६०८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

देशमा कोरोना भाइरसबाट विगत २४ घण्टामा थप ६०८ जना सङ्क्रमित भएको र आठ जनाको निधन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो।

Your Ad Code Here

सो अवधिमा ४,१४२ जनाको परीक्षण गरिएको थियो। केही सातादेखि परीक्षणको सङ्ख्या घटेकाले कोभिड-१९ भएका व्यक्ति फेला पर्ने क्रम घटेको देखिन्छ।

अहिलेको वृद्धिसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या २,५७,००० पुगेको छ भने कोभिड-१९ का कारण ज्यान गुमाउने मानिसको सङ्ख्या १,८०० नाघेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग