सप्तरी (फत्तेपुर) । देशमा थप एक हजार १४ जना कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशमा थप एक हजार १४ जना कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

Your Ad Code Here

योसँगै देशमा कुल सङ्क्रमितको संख्या दुई लाख ४१ हजार ९९५ पुगेको छ ।आज एक हजार ६२८ जना सङ्क्रमित निको भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार ९४८ रहेको छ ।अहिले ५२७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ। सरकारले हालसम्म १७ लाख ९० हजार ७३९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग