सप्तरी (फत्तेपुर) । देशमा थप एक हजार ९६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशमा थप एक हजार ९६ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । त्यस्तै, आज १७ सय ५२ जना डिस्चार्ज भएका छन् । योसँगै २ लाख २५ हजार ८०५ जना डिस्चार्ज भएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या भने १३ हजार ५८२ रहेको छ। अहिले ५३६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ। सरकारले अहिलेसम्म १७ लाख ८४ हजार ५१९ जनाको पीसीआर परीक्षण गराएको छ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech