सप्तरी (फत्तेपुर) । सार्क राष्ट्रअन्तर्गत कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको पाइएको छ । भारतपछि सबैभन्दा धेरै नेपालमा संक्रमणमुक्त भएको पाइएको छ ।
वल्र्डमिटरका अनुसार हालसम्म भारतमा कुल संक्रमितमध्ये ९४ दशमलव २८ प्रतिशत संक्रमणमुक्त भएका छन् । यस्तै, नेपालमा कुल संक्रमितमध्ये ९३ दशमलव ४० प्रतिशत संक्रमणमुक्त भएका छन् ।
यस्तै, माल्दिभ्समा कुल संक्रमितमध्ये ९२ दशमलव ८१ प्रतिशत, भुटानमा ९१ दशमलव २७ प्रतिशत, पाकिस्तानमा ८५ दशमलव ३१ प्रतिशत, बंगलादेशमा ८२ दशमलव ६८ प्रतिशत, अफगानिस्तानमा ७८ दशमलव ६८ प्रतिशत र श्रीलंकामा ७३ दशमलव १८ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
हालसम्म इन्डियामा ९६ लाख ८ हजार ४ सय १८ जना संक्रमितमध्ये ९० लाख ५८ हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कुल संक्रमित २ लाख ३९ हजार ८ सय ८५ जनामध्ये २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएका छन् ।
माल्दिभ्समा कुल संक्रमित १३ हजार १ सय ४३ जनामध्ये १२ हजार १ सय ९९ जना संक्रमणमुक्त भएको कोरोनाको रेकर्ड राख्दै आएको वल्र्डमिटरमा उल्लेख छ ।
भुटानमा कुल संक्रमित ४ सय २४ जनामध्ये ३ सय ८७ जना संक्रमणमुक्त भएका छन् । पाकिस्तानमा कुल संक्रमित ४ लाख १३ हजार १ सय ९१ जनामध्ये ३ लाख ५२ हजार ५ सय २९ जना संक्रमणमुक्त भएका छन् । बंगलादेशमा ४ लाख ७५ हजार ७ सय ८९ जना संक्रमितमध्ये ३ लाख ९३ हजार ४ सय ८ जना संक्रमणमुक्त भएका छन् ।
वल्र्डमिटरका अनुसार अफगानिस्तानमा ४७ हजार ६ सय ४१ संक्रमितमध्ये ३७ हजार ४ सय ८५ जना संक्रमणमुक्त भएका छन् । श्रीलंकामा २६ हजार ५ सय ५९ जना संक्रमितमध्ये १९ हजार ४ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।राजधानी दैनिकबाट
तपाईको प्रतिक्रिया