सप्तरी(फत्तेपुर) । कोरोना भाइरस संक्रमणबाट देशमा थप १० जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ७७ पुगेको छ।

Your Ad Code Here

त्यस्तै, आज देशमा थप थप १०२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशमा थप १०२४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।

मन्त्रालयका अनुसार आज २२ सय ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको सँख्या २ लाख २४ हजार ५३ जना पुगेको छ । १४ हजार २५५ सक्रिय संक्रमित रहेको छ। क्वारेन्टिनमा ५३६ जना रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग