सप्तरी (फत्तेपुर) । १४ मुनिका बालबालिकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन नपाउने भएका छन् ।
विश्वभरका विभिन्न कम्पनीले कोभिड १९ विरुद्ध खोप परीक्षण गरिरहेको र सफल भएको बताए पनि १४ मुनिका बालबालिकाले भने यो खोप लगाउन नपाउने भएका हुन् ।
स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाले दिएको जानकारी अनुसार हालसम्म १४ वर्षमुनिका बालबालिकामा क्लिनिकल ट्रायल (प्रयोग अनुसन्धान) नभएकाले पहिलो चरणमा यो समुहले खोप लगाउन पाउने स्थिति रहेको छैन ।
खोप शाखाले ‘अहिलेसम्म १४ वर्षमुनिका बालबालिकामा कोरोनाको खोप क्लिनिकल ट्रायल भएको जानकारी प्राप्त भएको छैन ।’ उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया