सप्तरी । बैतडीमा थप १० जनामा कोरोना भइरस संक्रमण देखिएको छ ।
आज डिलाशैनी गाउँपालिका ३ स्थित सिमार प्रहरीचौकीमा कार्यरत ९ जना प्रहरी र अर्को एकजना गरी थप १० जनामा कोरोना भइरस संक्रमण देखिएका हो ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ९ जना प्रहरी र अर्को एकजना गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
उक्त प्रहरी चौकीमा कार्यरत सबै प्रहरीमा कोरोना देखिएपछि चौकीलाई नै आइसोलेसनको रुपमा प्रयोग गरिएको उनले बताए । यस्तै, कोरोना पुष्टि भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने समान्य रहेको जनाएको छ । यस्तै शुक्रबार नै डिलाशैनी ३ का एक ३० वर्षीय युवकमा पनि कोरोना पुष्टि भएको छ ।
तपाईको प्रतिक्रिया