काठमाडौं । कोरोना भाइरसबाट संक्रमित हुनेको भन्दा निको हुनेको संख्या बढेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार अहिलेसम्म एक लाख ८२ हजार ७८० जना सङ्क्रमित निको भएका छन् । निको हुने प्रतिशत ८५ दशमलव ८ पुगेको छ ।

Your Ad Code Here

तिहारमा परीक्षण कम भएसँगै नयाँ सङ्क्रमितको संख्या घटेको छ भने निको हुनेको संख्या बढेको छ । हिजो एक हजार ४४२ जना सङ्क्रमित थपिएका र तीन हजार ५३८ जना निको भएका मन्त्रालयले जनाएको छ ।

कुल सङ्क्रमितको संख्या दुई लाख १२ हजार ९१७ पुगेको जनाएको छ । सक्रिय सङ्क्रमितको संख्या २८ हजार ८७८ छ । अहिलेसम्म एक हजार २५९ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग