काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप तीन जनको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट कास्कीका दुई र पर्वतका एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो ।
कास्कीको पोखरा महानगरपालिका-१३ की ४८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका ५स्४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ ।
यस्तै पोखरा महानगरपालिका-१० का ८१ वर्षीय पुरुषको पनि शुक्रबार बेलुका ७स्२५ बजे मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी पर्वतको कुश्मा नगरपालिका-१ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बेलुका ५स्१८ बजे मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।
तपाईको प्रतिक्रिया