काठमाडौं । नेकपा (एमाले)ले पाँच जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
बालुवाटारमा आज केन्द्रीय कमिटी बैठकले पार्टी हितविपरित काम गरेको भन्दै पाँच जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, रामकुमारी झाँक्री, भीमबहादुर रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिएका छन् ।
नेता बस्नेतका अनुसार पार्टीलाई खुइलाउने काम गरेको, गुटगत भेला गरेको र सरकारलाई बदनाम गर्ने काम गरेकाले स्पष्टीकरण सोध्ने निर्णय बैठकले भएको छ ।
तपाईको प्रतिक्रिया