काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरुको जोश कम नभएको बताएका छन् ।
आफूनिकट युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले आफुहरुको जोश कम नभएको बताएका हुन् । उनले भने,‘हामीसँग जोश कम छैन् । गति नै जीवन हो । युवाहरु गतिका प्रतिक हुन् ।”
यही चैत्र ४ र ५ गते ललितपुरमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेला सफलतापूर्वक सम्पन्न भएको भन्दै उनले उक्त भेलालले पार्टीलाई सही दिशामा अघि बढाउन मद्दत पुगेको पनि टिप्पणी गरे छन्।
उनले भने,‘हामीले काठमाडौं उपत्यकामा पाँच हजार नेता तथा कार्यकर्ता अट्ने ठाउँ भेटेनौं । अस्तिको कार्यकर्ता भेला गर्न टुँडिखेलमा पो जानुपर्ने होलाजस्तो लाग्यो । कार्यकर्ता अट्ने ठाउँ नै भएन । तर, हेरिटेज गार्डेनमा राम्रो व्यवस्थापन भयो ।’
उनले भने, ‘सबै हिसाबले कार्यकर्ता भेला सम्पन्न भयो । जुन उद्देश्य लिएका थियौं । त्यो राम्रो भयो । आन्दोलनको दिशामा अघि बढाउन सकिएको छ । सबै हिसाबले सफल भयो । पाँच हजार मान्छेको व्यवस्थापन गर्न सजिलो हुँदैनथियो । तर, व्यवस्थापन धेरै राम्रो भयो । युवा संघको तर्फबाट जुन सहयोग भयो । त्यो सकारात्मक छ ।’
तपाईको प्रतिक्रिया