काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा बामदेव गौतम पनि सहभागी भएका छन् ।
यसअघि गौतम तटस्थ रहँदै आएका थिए । एमाले एकता महाअभियानका नेतृत्व गौतम बैठकमा सहभागी भएका हुन् । संसद विघटन भएयता गौतम तत्कालीन नेकपा र हालको ‘डबल’ एमालेको कुनै भेलामा सहभागी थिएनन् ।
गौतम पत्नी तुलसा भने यसअघि बसेकै संसदीय दलको बैठकमा सहभागी भइसकेका छनन् । आजको बैठक विपक्षी एमालेले भने बहिष्कार गरेको छ ।
तपाईको प्रतिक्रिया