काठमाडौं । विश्व बैंकले नेपाललाई आठ अर्ब ६२ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
७० प्रतिशतभन्दा बढी नेपालीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास संघमार्फत विश्व बैंकले सो रकम प्रदान गर्ने निर्णय गरेको हो ।
बैंकको प्रधान कार्यालय वासिङ्टनबाट शुक्रबार जारी विज्ञप्तिमा नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको उल्लेख छ ।
खोप खरिद, वितरण, परीक्षण, प्रयोगशालासम्बन्धी कामका साथै नेपालको अर्थतन्त्र र नेपालीको स्वास्थ्यको रक्षाका लागि सहयोग रकम प्रदान गर्ने निर्णय भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया