सप्तरी । देशमा थप १२५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप १२५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७५ हजार ७५० जना पुगेको छ । हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ६१० पुगेको मन्त्रालयले जनाएको छ ।
हाल १००१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ५१ जना क्वारेन्टिनमा रहेका छन् । आज थप १ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया