इटहरी । इटहरीका निजी कलेजका विद्यार्थीहरु सडकमा उत्रिएका छन्।
६ महिना पढाएर एक वर्षको शुल्क लिएको भन्दै विद्यार्थीहरु सडकमा उत्रिएका हुन्। कोरोनाका कारण ढिलो गरी पढाइ सुरु भएपनि शैक्षिक संस्थाले भने वर्षभरीकै शुल्क मागेपछि विद्यार्थीहरुले आन्दोलन थालेका हुन्।
उनीहरुले एक सातादेखि दैनिक जसो इटहरीको सडकमा उत्रिएर ‘वि वान्ट जस्टिस’ भन्दै नारा लगाउन थालेका छन्। शुक्रबार पनि उनीहरुले इटहरीका सबै ठूला निजी क्याम्पसमा गएर नारा लगाउँदै प्रदर्शन गरेका छन्।
तपाईको प्रतिक्रिया