काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले आज पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्न लागेका छन् ।
खरेल अब सक्रिय राजनीतिमा फर्कने बुझिएको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र हुन् । प्रतिनिधि सभा विघटनको सिफारिश गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि खरेल असन्तुष्ट रहँदै आएका थिए ।
उक्त कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी संसद पुनःस्थापनाको पक्षमा फैसला गरेको थियो । खरेलको राजीनामालाई देशको राजनीतिमा कुनै नयाँ घटनाक्रम विकास हुनलागेको रुपमा हेरिएको छ ।
तपाईको प्रतिक्रिया