सप्तरी । महुली पुल नजिकको कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा आगलागी हुँदा २० वटा गाईको जलेर मृत्यु भएको छ ।
सप्तरी जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका वडानम्बर५ स्थित कृषि फार्ममा गए राति आगलागी हुँदा २० वटा गाईको जलेर मृत्यु भएको हो ।
फार्ममा पालिएको ६० गाई मध्ये आगलागीबाट २० वटा गाईको जलेर मृत्यु भएको छ । १० वटा गाई घाइते भएको र ३० वटा हराइरहेको फार्मका संचालक मनोज कुमार साहले बताएका छन् ।
एक्कासी विद्युत सर्ट भएर आगो लागेको सञ्चालक मनोजको भनाइ छ । आगलागीले फार्मको घरसहित गाईलाई खुवाउने अन्नपातसमेत जल्दा ५० लाखभन्दा बढीको क्षति भएको उनले बताए ।
आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दिनानाथ साह घाइते भएका छन् । उनको स्थानीयस्तरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया