काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाईएको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।
बैठकमा नेता माधवकुमार नेपाल पक्षका सांसदहरु सहभागी छैनन् । तर ओलीले बोलाएको संसदीय दलको बैठकमा लालबाबु पण्डित, बामदेव गौतमकी पत्नी तुल्सा थापा सहभागी भएका छन् ।
यस्तै नन्दा चपाईँ, गंगा चौधरी, माया ज्ञावाली, सबिना हुसैन, गोपाल बम र बिष्णु शर्मा लगायत विगतमा माधव नेपालले आफ्नो पक्षमा दाबी गरेका सांसदहरु पनि बैठकमा सहभागी भएका छन् ।
तपाईको प्रतिक्रिया