काठमाडौं । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले अहिलेको अवस्थामा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन नहुने धारणा राखेका छन् ।
आफूहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएता पनि अहिलेको अवस्थामा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन नहुने धारणा नेता कर्णले राखेका हुन् ।
सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता कर्णले ‘जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुँदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरुको हत्केलामा हुन्छ । अरुको हत्केलामा भएको सरकार जुनसुकै बेला पल्टाइदिन्छन् ।’ भनेका छन् ।
अरुको आड लिएर जसपाले सरकार बनाउनुपर्ने अवस्था भएकाले त्यस्तो सरकार पार्टीको हितमा नहुने बताए । उनले भने, ‘त्यसैले सरकारलाई समर्थन गर्नु अलग हो । तर सरकाकै नेतृत्व गर्नु अहिले हुँदैन ।’
संविधान संशोधन, नागरिकता लगायत जसपाले उठाउँदै आएका मुद्दालाई संवैधानिक र कानुनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री ओली सकारात्मक देखिएको उनले जिकिर गरेका छन् ।
तपाईको प्रतिक्रिया