काठमाडौं । देशका बिभिन्न ठाउँबाट अपराधिक घटनामा संलग्न १४ जना पक्राउ परेका छन् ।
मोरङको सुन्दरहरैचा नगरपालिका(४ बलिया चोकबाट करिब २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सुनसरी ईटहरी उपमहानरपालिका-५ बस्ने ४१ वर्षीय पदम बहादुर तामाङ र सोही ठाउँस्थित कलाबञ्जर बराहक्षेत्र गाउँपालिका-५ बस्ने ३३ वर्षीय राम कुमार चौधरीलाई मनिषको घरको कोठाबाट सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं-२९ घर भएका मनिष श्रेष्ठ र झापा बाह्रदशी गाउँपालिका-३ घर भएका ३५ वर्षीय प्रतिक रिजाललाई २५.५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद ९० हजार रुपैयाँ सहित मनिषको घरबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका-२ गैरिगाँउ बस्ने हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका-४ बस्ने ४७ वर्षीय लोक बहादुर भट्ट समेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई नगद ३ लाख १३ हजार ६५ रुपैयाँ र ३२ थान कौडा सहित फेला पारी पक्राउ गरेको बताएको छ ।
सफ्टवेयर सोर्स कोड दुरूपयोग गरेको अभियोगमा बुटवलबाट प्रिफेस टक्नोलोजी प्रालिका सञ्चालकहरु दाङ लमही नगरपालिका-५ घर भएका ३९ वर्षीय बिमल केसी, रुपन्देही मायादेवी गाउँपालिका-५ घर भएका ४० वर्षीय श्याम बहादुर चौधरी र नवलपरासी (पूर्व) कावसोती नगरपालिका-७ घर भएका ३६ वर्षीय शंकर ज्ञावर्ली शुक्रबार पक्राउ परेका छन् ।
पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गरेको अभियोगमा को-१ ख ५९१२ नम्बरको पेट्रोलियम ट्याङकरका चालक भारत अररिया मिरगन्ज बस्ने २६ वर्षीय मोहमद सजाद र सोही ठाउँ बस्ने २१ वर्षीय ईमरोज आलमलाई आइतबार मोरङबाट खटिएको प्रहरीले पक्राउ परेको छ ।
तपाईको प्रतिक्रिया