सप्तरी । देशमा थप ५३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप ५३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७५ हजार २३१ जना पुगेको छ । हालसम्म २२ लाख १५ हजार ४११ जनाको आरटीपीसीआर परीक्षण गरिसकेको छ ।
हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार २४९ पुगेको छ भने ४७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया