काठमाडौँ । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी नभएको बताएका छन् ।
हिजो राति सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै डा भट्टराईले जसपा तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी नभएको बताएका हुन् । जसपा परम्परागत राजनीतिको अग्रगामी विकल्प भएको पनि उनले ठहर गरेको छ ।
उनले ट्वीटरमा ‘जसपाबारे जान्नैपर्ने कुरास्१।यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैनसबरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो ! २.गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसंग सम्झौता गर्दैन, ३. यो कसैको पुच्छर हैन, आफै देशको नेतृत्व गर्ने शक्ति हो ।’ लेखेका छन् ।

तपाईको प्रतिक्रिया