सप्तरी । तिलाठी कोइलाडीमा भव्य ‘वाटर फन पार्क’ निर्माण हुदैछ ।
सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा भव्य ‘वाटर फन पार्क’ निर्माण हुन लागिएको जनाइएको हो ।
पार्क निर्माण गर्न डिपीआर (विस्तृत परियोजना रिपोर्ट) समेत तयार भइसकेको जनाइएको छ । नेपाल र भारतका पर्यटकलाई लक्षित गर्दै ‘वाटर फन पार्क’ निर्माण गर्न लागिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ३ करोड ४९ लाख र गाउँपालिकाको एक करोड ४९ लाख गरी झण्डै पाँच करोड रुपैयाँको लगानीमा भव्य पार्क निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया