धनगढी । सुधुरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको फर्निचर स्वरुममा लागेको आगो नियन्त्रणमा आएको छ ।
नेपाल आयल निगमको क्षेत्रीय डिपो भन्दा करिव सय मिटरको क्षेत्रमा लागेको आगो भर्खरै नियन्त्रणमा आएको हो । स्थानीय युवाले सञ्चालन गरेको फर्निचर सोरुममा दिउँसो साढे १२ बजेपछि लागेको आगो नियन्त्रणमा आएको हो ।
धनगढी उप महानगरपालिका, गोदावरी, पुनर्वास नगरपालिकाका दमकलले २ घण्टापछि आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट सोरुममा राखिएका सबै फर्निचरका सामग्री जलेको छ ।
सोरुमको भित्रिभागमा वेल्डिङ गर्दा त्यसको झिल्काले आगलागी भएको अनुमान स्थानीयले गरेका छन् । बन्दै गरेको सोरुमको उदघाटन हुनै बाँकी थियो । प्रहरीले सोरुमको क्षतिको विवरण संकलन भइरहेको बताइरहेका वेला साझेदारले भने सात करोडको नोक्सान भएको बताएका छन् ।
तपाईको प्रतिक्रिया