धनगढी । फर्निचर स्वरुममा भिषण आगलागी भएको छ।
शनिबार दिउँसो १२ बजे सुधुरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको फर्निचर स्वरुममा आगलागी भएको हो । आगलागी भएको फर्निचर नजिकै आयलनिगमको मुख्य डिपो रहेकोले त्यहाँको स्थानिय त्रशित भएको प्रहरीले जनाइको छ ।
आगो अझै नियन्त्रणमा आइसकेको छैन । धनगढी उपमहानगरपालिकाको वारुण नियन्त्रणले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । तर करिव १०० मिटर लामो स्वरुमको पूरै खण्डमा आगो सल्किएकोले नियन्त्रणमा ल्याउन कठिनाइ भएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणको प्रयासमा घटनास्थलमा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय लागिपरेका जनाएको छ ।
तपाईको प्रतिक्रिया