काठमाडौंँ । कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट देशव्यापी रूपमा कोरोना खोप अभियानको एक विशेष समारोहबीच शुभारम्भ गर्ने भएका हुन् ।
खोप पहिलो चरणमा चिकित्सक, नर्स तथा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, सरसफाइ गर्ने व्यक्तिलाई लगाइनेछ ।
केही दिनअघि भारत सरकारको अनुदानमा १० लाख डोज खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले चार लाख ३० हजारलाई पहिलो चरणमा खोप लगाइने जानकारी दिए ।
प्रवक्ता गौतमले कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ खोप सातै प्रदेशमा पहिलो चरणमा लगाइने र पछि पुनः खोप आएपछि समुदायस्तरमा लगाइने बताए।
तपाईको प्रतिक्रिया