सप्तरी । कोशी (मेग्जिन चौरीया)मा भोली मेला लाग्दैछ ।
सप्तकोशी नगरपालीका-६ बोचही स्थितको कोशी धारमा कोशी मेला अर्थात् मेगीन चौरीया मेला लाग्ने भएको हो ।
हजारौ वर्ष अगाडी देखि पुस महिनाको पुर्णिमामा लाग्ने मेला यस बर्ष भने मलमास (अधिक मास)ले गर्दा माघ महिनाको १५ गते बिहीबार लाग्ने भएको स्थानियहरुले बताएका छन् ।
पहिला पहिला मेग्जिन चौरीया मेला एक महिना लाग्ने गरेको गाउँलेहरु बताउँछन् । हाल मानिस कामको व्यस्तताका साथै मौसम चिसो हुनाले पनि एक दिन नै मेला लाग्न थालेको छ ।
मेला लगाउनका लागि कोशी टप्पु वन्य जन्तु आरक्षणसँग सिफारिस लिनुपर्ने हुन्छ तर, आरक्षणबाट हाल सम्म सिफारिस पाइसकेको छैन । सिफारिस नपाएता पनि मेलाको पूर्व तयारी धमाधम भइरहेको छ । मेलामा लाखौँ मानिस आउने गरेका छन् ।
हेरौँ केहि तस्विरः



तपाईको प्रतिक्रिया