काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार गुणस्तरीय कोभिड खोप जनतालाई निःशुल्क वितरण गर्ने बताएका छन् ।
६९ औं भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकार गुणस्तरीय कोभिड खोप जनतालाई निःशुल्क वितरण गर्ने बताएका हुन् ।
उनले कोभिडविरुद्धको लडाइँमा सरकार विजय उन्मुख रहेको बताएका छन् । ‘हामी कोभिडविरुद्धको लडाइँमा विजय उन्मुख छौं । पछिल्लो समय आएका परीक्षण नतिजाले यस्तै भन्छ,’ पौडेलले भने ।
सरकारले गुणस्तरीय कोभिड खोप जनतालाई निःशुल्क वितरण गर्ने भन्दै अर्थमन्त्री पौडेलले खोप अभियान सकिएपछि नेपालको अर्थतन्त्र थप चलायमान हुने दाबी गरे । अर्थमन्त्री पौडेलले भन्सार चुहावट रोक्न उद्योगी व्यवसायीले सहयोग गर्नुपर्ने पनि बताए ।
व्यापार सहजीकरणकालागि भन्सार प्रशासनले निजी क्षेत्रलाई सहयोग गर्ने भन्दै उनले न्यून बीजकीकरण र चुहावट न्यूनीकरणका लागि सघाउन निजी क्षेत्रलाई आग्रह गरे ।
तपाईको प्रतिक्रिया