काठमाडौं । देशमा कोभिड-१९ विरुद्धको खोप यसै महिनाको १४ गतेदेखि दिने भएको छ ।
प्रथम चरणको खोप अभियानको विषयमा आयोजित पत्रकार सम्मेलनमा देशमा कोभिड-१९ विरुद्धको खोप यसै महिनाको १४ गतेदेखि दिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले निर्धकसाथ खोप लगाउन सम्बद्ध पक्षलाई अपिल गरेका छन् । उनका अनुसार सातवटै प्रदेशका ६२ वटा अस्पताल र एकसय २० वटा खोप केन्द्रबाट खोप लगाउन शुरू गरिने र सो अभियानको माघ १४ गते प्रधानमन्त्री केपी शर्माले शुभारम्भ गर्नहुनेछ ।
माघ १८ गतेभित्र देशका तीनसयवटा खोप केन्द्रबाट खोप दिइनेछ । दश दिनसम्म चल्ने यस अभियानमा चारलाख ३० हजार व्यक्तिलाई खोप दिने तयारी रहको छ । भारत सरकारले हालै दिएको ‘कोभिसिल्ड’ तीनपटकसम्म सफलतापूर्वक परीक्षण भएकाले निर्धकतापूर्वक खोप लगाउन हुन उनले अपिल गरेका छन् ।
तपाईको प्रतिक्रिया