सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ७ जनाको मृत्यु भएको छ ।
देशमा आज कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै कोरोना संक्रमणबाट देशमा मृत्यु हुनेको सख्या २००१ पुगेको जनाएको छ । त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा थप २७० जना सङ्क्रमण देखिएको छ ।
यससँगै देशभर कुल संक्रमितको संख्या दुईलाख लाख ६९ हजार ४५० जना पुगेको छ । अहिलेसम्म ३३१२ जना आइसोलेशनमा र १४५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया