काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता कायम गर्न प्रतिनिधिसभा विघटन गरेको दावी गरेका छन् ।
प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताउँदै प्रधानमन्त्री ओलीले आफू देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको दाबी गरेका हुन् ।
आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् । उनले ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु हुन् ।’ भनेका छन् ।
बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेको खोजेकाले ताजा जनादेशमा जानु परेको उनले बताए । ‘मैले आफ्नो हातमा लिएको भए पो तनाशाह हुन्छु, जनताको बीचमा जान्छु भन्दा म तानाशाह भएँ ?’ उनले थपेका छन्, ‘किनबेच र तिकडम गरेर मै शासक रहन्छु भनेको छैन । मैले त जनताका बीचमा जाउँ भनेको छु ।’
तपाईको प्रतिक्रिया