काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र ज्याङ्मु शेर्पा वैवाहिक गठबन्धनमा बाधिँदै छन् ।
५० वर्षीय मुख्यमन्त्री राईले २० वर्षिया सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासंग विवाह गर्दै छन्। मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ ।
मुख्यमन्त्री राई अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्य पनि छन् भने उता ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मु सामाजिक काममा पनि उत्तिकै सक्रिय छिन् । ज्याङ्मु मिस मंगोल छात्रवृत्ति कोषकी अध्यक्ष समेत हुन् ।
मुख्यमन्त्री राई भोजपुरका हुन भने ज्याङ्मु संखुवासभाकी हुन् । मुख्यमन्त्री राई र ज्याङ्मु बिचको वैवाहिक जिवन सुरुवातको लागि आफन्त नातेदार तथा सुभचिन्तकहरुले उनीहरुलाई समाजिक सञ्जालहरुमार्फत पनि अग्रिम शुभकामना दिँदै आएका छन् । ज्याङ्मु शेर्पा आफैले पनि हिजो सामाजिक सञ्जालमा आफ्नो मन जित्ने मान्छेसंग खुसीसमथ वैवाहिक जिवनमा बाधिँदै भनेर लेखेकी थिईन् ।
तपाईको प्रतिक्रिया