काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप १४ गते बुधबारदेखि १० बजे सुरु हुने भएको छ ।
भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप ‘कोभिशिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । त्यही खोप प्रदेश प्रदेशमा पठाइँदैछ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइने जनाइएको छ ।
आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् ।
तपाईको प्रतिक्रिया