काठमाडौं । आन्दोलनका कार्यक्रमबारे छलफल गर्न पेरिसडाँडामा नेकपा प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको छ ।
आइतबार दिउँसो पार्टीको आगामी रणनीति र आन्दोलनबारे छलफल गर्न बैठक बसेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपामा विभाजन आएको छ।
प्रधानमन्त्री ओलीको कदमविरुद्ध प्रचण्ड–नेपाल समूह सडक आन्दोलनमा छ। प्रचण्ड–नेपाल पक्षले शनिबार दोस्रो चरणको आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको छ।
यो पक्षले शुक्रबार प्रतिनिधिसभा बैठक विघटनविरुद्ध काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो। शनिबार पनि स्थायी कमिटी सदस्यबीच पार्टीका हालका एजेन्डामाथि अनौपचारिक छलफल गरेको थियो।
यसअघि प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई स्पष्टिकरण सोधेको थियो। ओलीले जवाफ भने दिइसकेका छैनन्। स्पष्टिकरण नदिएमा प्रधानमन्त्रीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय स्थायी कमिटीले गर्ने जनाइएको छ।
तपाईको प्रतिक्रिया