काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालले आफ्नो र परिवारबाहेक अरुबारे कहिल्यै नसोचेको बताएका छन् ।
शुक्रबार पेशागत संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालले आफ्नो र परिवारबाहेक अरुबारे कहिल्यै नसोचेको बताएका हुन् ।
कुनैपनि हालतमा संसद पूनःस्थापना नहुने स्पष्ट पार्दै उनले संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिनसमेत उनले चेतावनी दिए । संविधानतः संसद पूनस्थपना नहुने उनको भनाई थियो ।
उनले पुष्पकमल दाहाल र माधव कुमार नेपालले आफ्नो र परिवारको बाहेक अरुको बारेमा कहिल्यै नसोचेको पनि आरोप लगाए । ओलीले दाहाल(नेपालको आजको शक्ति प्रदर्शनलाई खुट्टी देखेरै पत्याईयो भन्ने टिप्पणी गरेका थिए ।
तपाईको प्रतिक्रिया