काठमाडौं । उपराष्ट्रपति निवासमा पुष्पकमल दाहाल र डा बाबुराम भट्टराईसँग भेटवार्ता भेटवार्ता भएको छ ।
छलफलमा प्रधानमन्त्री केपीप् ओलीको प्रतिगमनविरुद्ध सशक्त आन्दोलन गर्नेबारे सहमति बनेको उच्च स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले दाहाल(नेपाल समूह, नेपाली कांग्रेस र जसपा, र विभिन्न संघ संगठन तथा बुद्धिजिवी र नागरिक समाज आन्दोलित छन् ।
ओलीले संविधान नै हत्या गर्न खोजेको प्रचण्डको आरोप छ । नेपाल कम्युनिष्ट पार्टी दाहाल(नेपाल समूहले हिजो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको छ । काठमाडौंमा विभिन्न नौ ठाउँबाट निस्किएको जुलुश रत्नपार्क पुगेर सभामा परिणत भएको थियो ।
उक्त सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता घनश्याम भुषालले सम्बोधन गरेका थिए । सभा समापनलगत्तै प्रचण्ड भने उपराष्ट्रपति नन्दबहादुर पुनको लैनचौरस्थित निवास पुगेका थिए । उपराष्ट्रपतिको निवासमा प्रचण्डले जसपा नेपाललका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेटवार्ता गरेको स्रोतको दाबी हो ।
तपाईको प्रतिक्रिया