काठमाण्डौ । पटक पटक उद्मोग वाणिज्य तथा आपुर्ती मन्त्रालयसंग सम्झौता गरेको उखु किसान संर्घष समितीले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
समितीले सरकारले तोकेको समयअवधीमा उखुको बक्यौता रकम दिलाउन नसके पछि अन्तत माघ १० गते बाट दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । सरकार र उखु किसानका प्रतिनिधी बिच गत २०७७ पुस १३ गते ४ बुदे सम्झौता भएको थियो ।
उक्त सम्झौता अनुसार २१ दिने अल्टिमेटमको समय उपलब्ध गराइएको थियो । २०७७ माघ ५ गते सरकारले लिएको समय पुरा भइसकेको छ । समय सिमा पुरा भइसक्दा पनि सरकारले बाकी रकम दिन सकेको छैन ।
तपाईको प्रतिक्रिया