काभ्रे । नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघ पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले न्यायलयले धर्म नछाडे संसद विघटन खारेज हुने बताएका छन् ।
संसद विघटनको विरोधमा नेपाली कांग्रेसले हिजो देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँका प्रदर्शनलाई जिल्ला, केन्द्र तहका नेताहरूले सम्बोधन गरेका थिए । यसै क्रममा ढुंगेलले पनि सम्बोधन गरेका थिए ।
उक्त कार्यक्रममा ढुंगेलले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भएको टिप्पणी गरेका छन् । ‘अदालत अदालत जस्तो मात्र रह्यो भने संसद विघटन असंवैधानिक भएको पुष्टि हुन्छ ,’ ढुंगेलले भनेका छन् ।
उनले थपे, ‘देशको ध्यान कांग्रेस र न्यायलयमा केन्द्रित छ । अब कांग्रेसले देशलाई बाटो देखाउँछ भन्नेमा सबै नेपाली नागरिक ढुक्क रहेका साथै सरकारको गलत निर्णय न्यायलयले सच्याउनेमा देशबासि विश्वस्त रहन आवश्यक छ ।’
देशका सबै परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई कम नआक्न दुबै थरि नेकपा लाईसमेत ढुंगेलले चुनौती दिएका छन् । उनले पार्टीको आन्तरिक विवाद मिलाउन नसक्ने कम्युनिस्टहरुले देशलाई बचाउन नसक्नेसमेत दाबी गरे । ‘अब देशले शान्ति विकास र अग्रगामी परिवर्तनका लागि कांग्रेस रोज्छ। हामी पार लगाउँछु तपाईहरु ढुक्क रहनोस ।’ उनको भनाई छ ।
तपाईको प्रतिक्रिया