काठमाडौं । कोरोनाविरुद्धको खोप आज नेपाल आईपुगेको छ ।
भारतले नेपालका लागि दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप आज नेपाल आईपुगेको हो । भारतले अनुदानमा दिएको खोप एयर इन्डियाको जहाजबाट काठमाडौं आइपुगेको जनाइएको छ ।
नेपाल आइपुगेको कोरोनाविरुद्धको खोप भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गर्ने बताइएको छ । काठमाडौं आइपुगेको कोरोनाविरुद्धको खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा राखिने भएको छ ।
तपाईको प्रतिक्रिया