सप्तरी । नेपाल थारु संघ जिल्ला कार्य समिती उदयपुरले आयोजना गरेको भेटघाट तथा अन्तक्रिया समापन भएको छ ।
जिल्ला कार्य समिती संघ उदयपुरले आयोजना गरेको भेटघाट तथा अन्तक्रिया कार्यक्रम हिजो बुधबार एक भव्य कार्यक्रमबीच समापन भएको हो ।
कार्यक्रममा नेपाल थारु संघका उदयपुर जिल्ला सभापति डा भोगेन्द्र प्रसाद चौधरी, संविधान सभा सदस्य शान्ति चौधरी, अधिव्ता लक्ष्मी कुमारी चौधरी, थारु कल्यानकारी नगर अध्यक्ष रामकुमार चौधरी लगायतको उपस्थिती रहेको थियो ।
भेटघाट तथा अन्तक्रिया समापन समारोह कार्यक्रममा अधिव्ता चौधरीले थारु संघ के हो ?, थारु संघको स्थापना कहिले भएको हो ?, नेपाल थारु संघ के गर्न चाहन्छ ?, नेपाल थारु संघको आवश्यकता किन छ ? लगायतको प्रश्नहरुको जवाफ दिएकी थिइन् ।
उनले नेपाल कांग्रेस पार्टीको जन्म पश्चात् कयौ दशक पार गरेर थारु संघ भखरौँ बनेको बताएकी थिइन् । साथै नेपाली कांग्रेसको भातृ संगठनको रुपमा यसलाई समाहित गरेको पनि बताएकी थिइन् ।
तपाईको प्रतिक्रिया