काठमाडौं । जनता समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनासँगैसँगै ओली भाइरससँग लड्नुपर्ने बताएका छन् ।
नेपाल भित्रिन लागेको कोरोना भाइरसविरुद्धको खोपप्रति सामाजिक संजाल ट्टीटरमार्फत् ट्वीट गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले यस्तो टिप्पणी गरेका हुन्।
नेता भट्टराईले बिहीबार ट्टीटरमा ‘मागेको धोतीले मेरो लाज छोपिन्न..’भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो ! ऐले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ। त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे ! बाँकीलाई कहिलेसम्म होला, कता हात थाप्ने होलारु फेरि कोरोना सँगसँगै ओली भाइरससँग लड्नु छ !।’ लेखेका छन् ।
भारत सरकारले नेपाललाई कोरोनाविरुद्ध १० लाख डोज भ्याक्सिन अनुदानमा उपलब्ध गराउने भएपछि नेता भट्टराईले खोप पनि मागेर ल्याउनुपर्ने अवस्था आएको भन्दै टिप्पणी गरेका हुन्। उनले कोरोनाविरुद्धको खोप मागेरै ल्याउनुपर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री केपी ओलीको कटाक्ष पनि गरेका छन्।
तपाईको प्रतिक्रिया