सप्तरी । खडक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत सप्तरी जिल्लाका खडक नगरपालिका-११ स्थित बनौलीेमा तीनजना सवार प्रदेश २-०१-००१९प ६१४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले दिएको जानकारी अनुसार ज्यान गुमाउनेमा मोटरसाइकल चालक खडक नगरपालिका-११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार २५ वर्षीय अरविन्द यादव रहेको छ।
त्यस्तै, मोटरसाइकलमा पछाडि सवार खडक नगरपालिका-११ कै २१ वर्षीय सुनिलकुमार चौधरी भने घाइते भएका छन् । उनको टाउको र शरीरको विभिन्न भागमा चोटपटक लागेको छ । उनलाई उपचारका लागि राजविराज पठाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया