सप्तरी । नेपाल थारु संघका उदयपुर जिल्ला सभापति डा. भोगेन्द्र प्रसाद चौधरीले नेपाली कांग्रेसलाई बलीयो बनाउन नेपाल थारु संघ एउटा ‘विङ’को रुपमा सावित हुने बताएका छन् ।
नेपाल थारु संघ जिल्ला कार्य समिती उदयपुरले आयोजना गरेको भेटघाट तथा अन्तक्रिया समापन समारोह कार्यक्रममा बोल्दै सभापति डा. चौधरीले कांग्रेसलाई बलीयो बनाउन नेपाल थारु संघ ‘विङ’को रुपमा सावित हुने बताएका हुन् ।
कार्यक्रममा चौधरीले नेपाल थारु संघको विधान तथा नेपाली कांग्रेसको विधनबारे जानकारी गराएका छन् । साथै उनले कांग्रेसमा थारुहरुको प्रतिनिधीत्व दिन प्रतिदिन छट्दै गएको पनि बताएका छन् ।
राजनिती चेतना नभएकै कारण थारुहरुमाथि भेद्भाव हुने गरेको लगायत राजनीती, अर्थ, शिक्षा, लगायत हरेक क्षेत्रको अवस्था कम्जोर भएको पनि उनले बताएका छन् । साथै, राजनीतीक क्षेत्रमा अगाडी बढेसँगै थारुहरुले आफ्नो हक अधिकारका लागि लड्न सकिने बताएका छन् ।
नेपाल थारु संघ एउटा राजनीती स्कुलको रुपमा काम गर्ने र सबै थारु जातीलाई यस स्कुलमा आवद्ध भई शिक्षा लिन सक्ने चौधरीले बिश्वास दिलाएका छन् । साथै यस संघको झण्डा मुनी नेपाल अधिराज्यका सम्पूर्ण थारु जातीहरु अवद्ध भई नेपाली कांग्रेसलाई बलीयो बनाउन अह्वान समेत उनले गरेका छन् ।
तपाईको प्रतिक्रिया