काठमाडौं । भारतले बुधबारदेखि नेपालसहित छिमेकी मुलुकलाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ ।
भारतले बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप अनुदान दिने तयारी गरेको हो । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।
मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा आउने खोप अनुदानमा दिए पनि दोस्रो चरणदेखि खरीद प्रक्रियाबाट नै आउनेछ । अनुदानमा आउने खोपको परिमाण भने निश्चित भइसकेको छैन । भारतले अनुदानमा दिने भनेको कोभिसिल्ड खोप प्रयोगका लागि यसै साता सरकारले अनुमति दिइसकेको छ ।
तपाईको प्रतिक्रिया